अनागरिक ?

Uprising Against Corrupt Powers

अब त सोच्नै पर्ने बेला आएको छ। आखिर कहिले सम्म हाम्रो मुलुक यि भ्रष्ट शासकहरुको किचलोमा रुमलिरहने ? के हामी नेपालीले दिन रात मिहिनेत गरेर तिरेको करको कुनै मुल्य छैन ? के हामिले मिहिनेत गरेको हाम्रो र भावि पुस्ताको राम्रो होओस् भनेर होइन ? अनि अझै पनि यि भ्रस्ट शासकहरुलाइ देश चलाउन दिएर मुलुक समृद्धी तर्फ लम्कन्छ भनेर सोच्नु ठुलो मुर्खता होइन र ?

अब हामी नेपाली नागरिकहरु जाग्नै पर्ने बेला आएको छ। कृपया एक सच्चा नागरिक भएर छातीमा हात राखेर भन्नुहोस् त, के हामिले कल्पना गरेको नेपाल यहि हो ? यदि होइन भने तपाई किन चुप हुनुहुन्छ ? देशमा विकास भए त सबैले सुविधा उपभोग गर्न पाउछन् नि होइन ? मुलुकमा उद्योग कलकारखानाको स्थापना र रोजगारी सिर्जना भए त कोही भोकले मर्नु पर्दैन्थ्यो होइन र ?

आखिर मरेर लैजानु के नै छ र ?

आफ्नो मुलुकमा भएका अनियमितताका बिरुद्धमा एकजुट भएर आवाज उठाउन नसक्ने पनि के नागरिक ? यि नागरिक त जिउदो लाश सरह भएनन् र ? देश बचाउने अभियानमा अब पनि अग्रसर नरहे भावि दिनहरुमा पछुताउने कार्य मात्र बाकि रहने छ भन्ने मैले महसुस गरेको छु।

2078-02-12
Bharatpur, Chitwan