" आयाम "
"भोको पेट र खाली पेट दुई फरक कुरा हुन्। मानव जीवनमा ईर्ष्या र शंका दुई फरक भावना हुन्। माया गर्नु र माया गरेको जस्तो गर्नु दुई फरक पहिचान हुन्। कसै प्रति डाहा गर्नु र डाहा गरेको जस्तो गर्नु दुई फरक चरित्र हुन्।"
अन्तत: कोही प्रति अन्तरात्माबाट समावेदना प्रकट गर्नु र समावेदना प्रकट गरेको जस्तो गर्नु पनि दुई फरक इच्छाशक्ति हुन्।वास्तवमा हामी हाम्रो जीवनमा कतिपय यस्ता कुराहरूमा हराइरहेका हुन्छौ जुन कुराहरू सुन्दा उस्तै लाग्दछन् तर ती कुराहरूको अन्तरात्मिय सार्थकता साँच्चैमा भिन्न हुने गर्दछन् । हाम्रो अन्तरात्मालाई यि कुराहरू फरक हुन् भन्ने अवगत हुदाहुँदै पनि कतिपय अवस्थामा हामी ती फरक धारका कुराहरूलाई एकै धार मानेर अघि बढेका हुन्छौ। वास्तवमा, कुनै पनि विषय या बस्तुलाई विविध आयामबाट अवलोकन गर्न प्रयास गर्नु नै एक सार्थक जीवन तर्फको फड्को हो जस्तो लाग्दछ मलाई ।
2079-01-10
Gairigaun, Kathmandu