नशालु

A Profound Appreciation for a Women's Unique Essence

" नशालु "

नशालु ती टिलपिल नयन
दयालु त्यो कञ्चन मन..

रेशमी ती दुई जुल्फी केस
मनमोहक त्यो सरल भेष..

प्रेरणा कि खानी तिमी
मरुभूमि कि पानी तिमी..

लाखौंको आश तिमी
बेसहाराको सास तिमी..

पाइलाहरू अघि सार्नु तिमी
हिम्मत कहिल्यै नहार्नु तिमी..

नशालु ती तिम्रा नयन
दयालु त्यो अन्तर्मन।।

2079-03-23
Gairigaun, Kathmandu